२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यून चापीय क्षेत्रको प्रभावले बदली र वर्षा

अ+ अ-

काठमाडौं । भारतको उडिसा राज्य र बंगालको खाडी आसपासमा न्यून चापीय क्षेत्रको प्रभावले नेपालमा बदली र वर्षा भएको छ । उक्त प्रणालीको प्रभावले देशभर बदली र केही स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सामान्य अवस्थामा रहेको मनसुनसँगै न्यून चापीय क्षेत्रको प्रभावले पूर्वी भेगमा बढी असर परेको मौसमविद् सुवास रिमालले जानकारी दिए ।
‘पूर्वका केही स्थानमा मध्यम खालको वर्षा हुनेछ, मध्य भेगमा बदली रहे पनि हल्काफुल्का वर्षा गराउने देखिन्छ, मध्य र पश्चिमी क्षेत्रका केही स्थानमा सामान्य खालको वर्षा हुन्छ,’ उनले भने ।

मनसुन अहिले पनि सामान्य अवस्थामा रहेको र यसले बदली र वर्षा गराउँछ तर भारी वर्षा हुने सम्भावना छैन । सामान्य खालको बदली र वर्षा अझै केही दिन जारी रहने महाशाखाको भनाइ छ ।

मौसम बदलीका कारण एक/दुई स्थानमा मध्यम वर्षा भए पनि भारी वर्षा चाही हुने संभावना नरहेकाले आत्तिने अवस्था नरहेको मौसमविद् रिमालले बताए ।

अहिले देशभर बदली छ भने केही स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी दाङमा ७२ र वीराटनगरमा ३ मिलिमिटर वर्षा भएको छ । काठमाडौँमा सात मिलिमिटर, पोखरामा २२, भैरहवामा २१ धनगढीमा १८ र ओखलढुंगामा १२ मिलिमिटर वर्षा भएको छ ।

बदली र वर्षाले काठमाडौँको अधिकतम तापक्रम पनि केही घटेकाले तातिएको मौसम पनि आजबाट केही चिसो महसुस भएको छ । आज काठमाडौँको अधिकतम २९ र न्यूनतम तापक्रम २० डिग्रिसेल्सियस रहेको छ । रासस

0 Comments