भारत भ्रमणमा आन्तरिक विषयमा बोल्नु गलत : बिजुक्छे « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भारत भ्रमणमा आन्तरिक विषयमा बोल्नु गलत : बिजुक्छे


१२ भाद्र २०७४, सोमबार


भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारत भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले देशको आन्तरिक विषयमा बोल्नु गलत भएको टिप्पणी गरेका छन् ।

भक्तपुर नगरपालिकाले आज आयोजना गरेको जनप्रतिनिधिका १०० दिनको प्रगति सार्वजनिक कार्यक्रममा उनले भारतमा देउवाले नेपालको संविधान संशोधन गराउँछु भनेर बोल्नै नहुने बताए । ‘भारतमा पार्टी सभापतिको हैसियतमा बोल्न पाइन्छ तर देशको प्रधानमन्त्री भारतमा जाँदा देशको आन्तरिक विषयमा देशलाई असर पर्ने गरी बोल्नुहुँदैन,’ अध्यक्ष बिजुक्छेले भने, ‘संविधानसभाले संविधान बनायो, संसद्ले संशोधन फेल गरायो तर प्रधानमन्त्रीले भारतमा गएर नेपालको संविधान जसरी पनि संशोधन गर्छु भन्नु नेपालको संसद्कै अपमान हुनु हो ।’

प्रतिक्रिया दिनुहोस