भ्रष्टाचार मुद्दाका फरार अभियुक्त नौ वर्षपछि पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

भ्रष्टाचार मुद्दाका फरार अभियुक्त नौ वर्षपछि पक्राउ


११ भाद्र २०७४, आइतबार


मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–२ भोटेचौरबाट भ्रष्टाचार र अन्य मुद्दाका अभियुक्तलाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

मेलम्ची नपा–२ भोटेचौर बस्ने ५८ वर्षीय श्रीराम खतिवडालाई इलाका प्रहरी कार्यालय मेलम्चीको टोलीले पक्राउ गरी आज सिन्धुपाल्चोक जिल्ला अदालतमा बुझाउन लगिएको इलाका कार्यालयका प्रहरी निरीक्षक नवराज ढुंगानाले जानकारी दिए ।

वि.सं. २०६५ साउन २२ गते विशेष अदालतले एक वर्ष छ महिना कैद र छ लाख ८१ हजार ६८३ जरिवानासहितको सजाय सुनाएको थियो । पछिल्लो समयमा फरार एक दर्जनभन्दा बढी फरार अभियुक्तलाई पक्राउ गरिएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस