२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले चीनलाई सोध्यो– चक्रपथ विस्तारको काम किन सुस्त ?

अ+ अ-

काठमाडौं । सरकारले चिनियाँ अनुदानमा निर्माण भइरहेको चक्रपथको कलंकी–कोटेश्वर सडक खण्डको ढिलाइबारे चिनियाँ अधिकारीसँग धारणा मागेको छ ।

तीनदिने औपचारिक भ्रमणमा शुक्रबार काठमाडौं आइपुगेका चिनियाँ कानुन तथा पूर्वाधारमन्त्री युआन सुहङ नेतृत्वको टोलीसँग मन्त्रालयमै भएको छलफलमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले चिनियाँ सहयोगका परियोजनामा भइरहेको ढिलासुस्तीबारे जिज्ञासा राखेका हुन् ।

शुक्रबार भएको द्विपक्षीय छलफलमा नेपालका लागि चिनियाँ राजदूत यु होङलगायत चिनियाँ अधिकारी र नेपालका तर्फबाट अर्थ, परराष्ट्र, कानुन, सहरी विकास मन्त्रालय, राष्ट्रबैंक, लगानी बोर्डलगायत निकायका अधिकारी सम्मिलित थिए ।

‘सुरुमा रूख काट्नेरपोल सार्नेजस्ता कामले कलंकी–कोटेश्वर सडकखण्ड विस्तारमा केही अड्चन थियो । अहिले अवरोध छैन । तैपनि काम तीव्र रूपमा अघि बढ्न सकेको छैन,’ मन्त्री बलायरले चिनियाँ टोलीसित भनेका थिए । उनले करिब १० किलोमिटर सडक बनाउँदा ६ महिनामा पुलसमेत निर्माण गरिसक्ने चीनले अन्य सडक किन अस्तव्यस्त राखेको भनी सोधेका थिए ।

‘चिनियाँ ठेकेदारले गर्ने कामको अनुगमन गर्ने र चुस्त रूपमा अघि बढाउने निकायबारे जान्न मन लागेको छ । सरकार मातहत हुन्छन् कि स्वतन्त्र ? यो विषय जान्न खोजें,’ मन्त्री बलायरले कान्तिपुरसँग भने, ‘प्रविधिमा निकै अब्बल चीनको काममा किन यस्तो ढिलाइ भन्दै त्यो क्षेत्रको समस्या बुझ्नसमेत आग्रह गरें ।’

मन्त्री बलायरले शनिबार चक्रपथ विस्तारको अवस्था आफैं अवलोकनसमेत गरे । चिनियाँ पक्षले पनि कामको अवलोकन आफ्नै ढंगले गरेको एक अधिकारीले बताए । शुक्रबार अपराह्न काठमाडौं आइपुगेलगत्तै चिनियाँ टोलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा दुईपक्षीय छलफल गरेको थियो ।

चिनियाँ उपप्रधानमन्त्री वाङ याङको भ्रमणलगत्तै बेल्ट एन्ड रोड इनिसियटिभ्स (बीआरआई) मार्फतको लगानी कसरी र कुन आधारमा अघि बढाउने भन्ने विषयमा अध्ययन गर्न यो टोली नेपाल आएको हो । टोलीले नेपालमा लगानी बढाउन यहाँको कानुनी प्रावधानबारे विभिन्न पक्षसँग जिज्ञासा राख्दै चिनियाँ प्रचलनबारे समेत जानकारी दिएको थियो । सम्बन्धित मन्त्रालयमै सबै पक्ष राखेर छलफल गरिएको र अन्यसँग साइडलाइन भेटघाटसमेत नभएको अवस्थामा यस छलफललाई अर्थपूर्ण मानिएको छ । उक्त टोली शनिबार नगरकोट गएको छ । आइतबार त्यहाँबाट सिधै त्रिभुवन विमानस्थल आएर स्वदेश फर्कनेछ ।

चिनियाँ सरकारको अनुदान सहयोगमा काठमाडौं उपत्यकामा निर्माणाधीन चक्रपथ विस्तार आयोजनाले पटकरपटक तीव्रता पाएको भनिए पनि अहिले करिब ६० जना मात्र काममा खटिएका छन् । यो अत्यन्त न्यून जनशक्ति हो । कलंकी चोकदेखि बल्खुसम्म त ट्रयाकसम्म तयार भएको छैन । समय थपसहित २०१७ जुलाईमै सक्ने भनिए पनि भूकम्पपछि थप समय मागिएको छ । अझै कति समयमा सकिने यकिन छैन ।

कलंकी चोकमा जारी निर्माण निकै सुस्त छ जसले त्यस क्षेत्रमा ट्राफिक जामका कारण यात्रु मर्कामा छन् । यसबारे कुरा उठाइए पनि उक्त कम्पनीले ध्यान नदिएकोबारे चिनियाँ टोलीसमक्ष जिज्ञासा राखिएको एक अधिकारीले जनाए । आजको कान्तिपुर दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस