आयल निगममा बेथिति : मापदण्ड मिचेर जग्गा खरिद « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

आयल निगममा बेथिति : मापदण्ड मिचेर जग्गा खरिद


११ भाद्र २०७४, आइतबार


झापा । नेपाल आयल निगम नेतृत्वले जग्गा खरिद गर्दा दलालसँग मिलेर झापामा खरिद क्रममा कमिसनको लोभमा आफैँले तय गरेको मापदण्डसमेत मिचेको पाइएको छ ।

झापामा मात्रै कम्तीमा ४० करोड रुपैयाँ घोटाला गरी इन्धन भण्डारणस्थलका लागि जग्गा किन्दा वातावरणीय प्रभाव मूल्याङकनमा त ध्यान दिइएको छैन नै रेलवेको लागि सर्भे भइसकेको जग्गा किन्ने काम भएको छ।

घना बस्ती विकास हुँदै गरेको, औद्योगिक क्षेत्रमा पर्ने तथा रेलवेका लागि सर्भेसमेत भइसकेको जग्गा निगमले खरिद गरेको छ । आयल निगम नेतृत्व र दलालबीचको मिलेमतोमा पहिल्यै सम्पूर्ण तारतम्य मिलाएपछि मात्रै जग्गा खरिदका लागि बोलपत्र आह्वान गरिएको देखिन्छ । निगमका कार्यकारी निर्देशक गोपाल खड्कासहित उच्च अधिकारीले आँखा चिम्लेर यस्तो निर्णय गरेका हुन् ।

संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले निगमले खरिद गरेको जग्गा ‘इन्धन भण्डारणका लागि दीर्घकालीन रुपमा अनुपयुक्त हुने’ ठहर गरेको छ । समिति सदस्य तथा झापाका सांसद दीपक कार्कीका अनुसार निगमलाई घना बस्ती विकास हुने ठाउँमा जग्गा खरिद नगर्न पटकपटक भनिए पनि बेवास्ता गरिएको छ । ‘यो झापाको आवासीय क्षेत्रमा पर्ने ठाउँ हो, त्यसैले जनप्रतिनिधि तथा अन्य सरोकारवालाले यो जग्गा नकिन्न गरेको आग्रह निगमले पूर्ण रुपमा बेवास्ता गरेको पाइएको छ’, सांसद कार्कीले भने, ‘यसले यहाँको बस्ती विकासमा ठूलो असर पर्ने देखिन्छ।’ आजको नागरिक दैनिकमा खवर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस