२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कागजमै सीमित विद्युत् आयोजना

अ+ अ-

भोजपुर । टक्सारस्थित खोलामा २.५ मेगावाटको तल्लो पिखुवा जलविद्युत् आयोजना निर्माण सुरु भएको ७ वर्ष बित्यो । विद्युत् विकास विभागबाट ०६७ चैतमा इस्टर्न हाइड्रोपावर कम्पनीले उत्पादन अनुमति लिएको थियो । पूर्वी अरुण गाउँपालिका याकुका स्थानीय अम्बिका ढकाल उक्त आयोजना निर्माण समितिका अध्यक्ष थिए । कम्पनीभित्र लगानी विवादले केही समय निर्माण कार्यले गति लिएन । ढकालले समिति छाडे र उक्त आयोजनाकै तलतिर ८ मेगावाटको टक्सार पिखुवा हाइड्रोपावर दर्ता गरे ।

विद्युत् विकासले ०७६ मा सम्पन्न गर्ने गरी ०७३ असारबाट उत्पादन गर्ने अनुमति दिएको छ । अनुमति पाएको वर्ष दिन बिते पनि निर्माण थाल्ने सुरसार छैन । इस्टर्नले २.५ मेगावाटलाई गत वर्षदेखि ५.५ मा अपग्रेड गरेर काम थाले पनि सुस्त छ ।

आयोजना सम्पन्न गर्ने सम्झौताको मिति छोटिँदै गएको छ । अब चाँडै आयोजना निर्माण थाल्ने ढकालले जनाए । हालसम्म लगानीको जोहो नहुँदा समस्या भएको ढकाल बताउँछन् । यो जलविद्युत् १ अर्ब ६० करोड रुपैयाँको योजना हो । राष्ट्रिय वाणिज्य बैंकलगायतबाट ७० प्रतिशत रकमको सम्झौता भए पनि बाँकी ३० प्रतिशत प्रवद्र्धनात्मक सेयरबाट जुटाउनुपर्ने बाध्यता छ । प्रवद्र्धनात्मकको १० प्रतिशत आयोजना प्रभावित क्षेत्रका स्थानीय र बाँकी २० प्रतिशत डेभलोपरले व्यवस्थापन गर्नुपर्छ । असोज मसान्तसम्ममा लगानी जुटाइसकेर संरचना निर्माणका काम थाल्ने ढकालले बताए । विद्युत् उत्पादन भएपछि राष्ट्रिय प्रसारण लाइनमा जोड्नेबारे टुंगो नलागेका कारण ढिलाइ भएको उनले सुनाए । ‘हामीले त उत्पादन गरौंला तर भोजपुर सबस्टेसनमा जोड्ने या कोसी करिडोरमा जोड्ने निश्चित नभएकाले काम थाल्न अलमल भएको हो,’ उनले भने । आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 Comments