राज्यकोषबाट ६ महिनामा साढे ८२ करोड बाँडियो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राज्यकोषबाट ६ महिनामा साढे ८२ करोड बाँडियो


१० भाद्र २०७४, शनिबार


काठमाडौं । गृह मन्त्रालयले गत आर्थिक वर्षको अन्तिम ६ महिनामा मात्र विभिन्न शीर्षकमा करिब ८२ करोड ६४ लाख ९१ हजार रूपैयाँ वितरण गरेको छ । मन्त्रिपरिषदबाट निर्णय गराएर गृहले राज्यकोषबाट ठूलो रकम पहुँचवालाहरूलाई वितरण गरेको हो ।

आर्थिक सहायता, मृतक आर्थिक सहायता, उपचार सहायता, मधेस आन्दोलनका घाइतेलाई उपचार खर्चलगायतका शीर्षकमा रकम बाँडिएको छ । विभिन्न शीर्षकमा सहायता पाउनेको संख्या १ हजार २ सय ३० छ । आर्थिक सहायता पाउनेको नामावली भने मन्त्रालयले गोप्य राखेको छ ।

मन्त्रालय स्रोतका अनुसार उक्त रकम पूर्वगृहमन्त्री विमलेन्द्र निधिका पालामा मात्र बाँडिएको हो । ‘मन्त्रीज्यूबाट कार्यकर्तालाई कुनै पनि कानुनी निर्दे्शिकाविनै त्यसरी पैसा बाँड्ने काम भएको थियो,’ गृह मन्त्रालय स्रोतले भन्यो, ‘हरेकपटक सरकार परिवर्तन हुँदा आफ्ना कार्यकर्तालाई यसरी नै पैसा बाँड्ने गरिएको छ ।’ शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएपछि पनि राज्यकोषबाट आर्थिक सहायता, उपचार सहायताका नाममा करिब एक करोड वितरण भइसकेको गृह मन्त्रालय स्रोतले जनाएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस