‘रोजगारमूलक कामलाई बढावा दिने योजना ल्याइने’ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

‘रोजगारमूलक कामलाई बढावा दिने योजना ल्याइने’


१० भाद्र २०७४, शनिबार


नेपालगञ्ज। श्रम राज्यमन्त्री डिल्ली चौधरीले मुलुकभित्र पर्याप्त श्रमको व्यवस्थापन गर्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।

शुक्रबार पत्रकारसँगको भेटमा उनले वैदेशिक रोजगारमा जाने श्रमिकको संख्या घटाउन मुलुकभित्र रोजगारमूलक कामलाई बढावा दिने योजना ल्याइने जानकारी दिए ।

यसैबीच राज्यमन्त्री चौधरीले नेपालगञ्जस्थित भेरी अञ्चल श्रम कार्यालयको निरीक्षण गरी त्यहाँबाट प्रदान भइरहेका सेवा, सुविधाका विषयमा जानकारी लिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस