गृहमन्त्रीका सल्लाहकारको कार्यालय प्रहरी मुख्यालय « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गृहमन्त्रीका सल्लाहकारको कार्यालय प्रहरी मुख्यालय


१० भाद्र २०७४, शनिबार


काठमाडौं । गृह मन्त्रालयले राज्यमन्त्रीस्तरीय सुविधासहित गृहमन्त्री जनार्दन शर्मालाई आन्तरिक सुरक्षासम्बन्धी सल्लाह दिन नियुक्त गरेका पूर्वएआइजी सुरेन्द्रबहादुर शाहको सचिवालय प्रहरी प्रधान कार्यालयमा खडा गरेको छ ।

यसअघि गृहमन्त्रीलाई सघाउन नियुक्त भएका सल्लाहकारले प्रहरी कर्मचारी पाउँदैनथे । ६ महिनाअघि एआइजीबाट अवकाश पाएका शाह विज्ञका रूपमा नियुक्त भएपछि उनको कार्यालयमा काम गर्ने गरी एसएसपीको कमान्डमा प्रहरी प्रधान कार्यालयभित्रै कार्यालय खोलिएको हो ।

प्रहरी नेतृत्वले गृहमन्त्रीलाई सल्लाह दिन नियुक्त विज्ञका सहयोगी गृहमै बसेर काम गर्दा राम्रो हुने सुझाव दिए पनि मन्त्रालयमा बस्ने स्थान नभएको भन्दै प्रहरी प्रधान कार्यालयभित्र ती सल्लाहकारको कार्यालय खडा गरिएको हो । मन्त्रालय स्रोतका अनुसार गृहमा कोठा अभाव छैन । नागरिक दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस