थन्कियो साढे पाँच अर्बको बुलेट « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

थन्कियो साढे पाँच अर्बको बुलेट


१० भाद्र २०७४, शनिबार


काठमाडौं । नेपालको निजी क्षेत्रले भारतमा निर्माण गरेको नेपाली नम्बरको बुलेट सञ्चालनको विषय अझै ‘अन्योल’ मा छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा यो विषयमा छलफल नहुँदा नेपाली नम्बर प्लेटका बुलेट सञ्चालन गर्ने काम अनिश्चित बनेको हो ।

व्यवस्थापिका संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले एक साताअघि नेपाली नम्बर प्लेटको बुलेट एक महिनाभित्र सञ्चालनमा ल्याउन सरकारलाई निर्देशन दिएको थियो । समितिको बैठकमा परराष्ट्र र आपूर्ति मन्त्रालयका सचिवले प्रधानमन्त्री देउवाको भारत भ्रमणका बेला बुलेटसम्बन्धी समस्या प्राथमिकतामा राखेर निकास खोज्ने बताएका थिए । तर, भ्रमणमा उक्त विषयले खासै ‘चर्चा’ समेत पाउन नसकेको स्रोतको दाबी छ ।

‘प्रधानमन्त्रीको भारत भ्रमणमा बुलेट सञ्चालनसम्बन्धी विषय प्राथमिकताका साथ उठ्ने आशा थियो’, आपूर्ति मन्त्रालयका सचिव प्रेमकुमार राईले भने, ‘तर नेपाली बुलेट सञ्चालनका विषयमा उपलब्धिमूलक प्रतिफल आउन सकेन ।’नेपाली ग्यास उद्योगीले प्रधानमन्त्रीको भ्रमणमा उक्त विषयले प्राथमिकता नपाएको भन्दै चिन्ता व्यक्त गरेका छन् । अन्नपूर्ण पोष्ट दैनिकमा खवर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस