गजल « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गजल


१० भाद्र २०७४, शनिबार


बाँचुन्जेल सानसँग जिन्दगी बिताइन्छ ।
आमा, बा र जहानसँग जिन्दगी बिताइन्छ ।

यो संसार किन यति सुन्दर लाग्छ मलाई
जब यि सन्तानसँग जिन्दगी बिताइन्छ ।

बाँधिनु छैन मलाई पक्की पर्खालहरूभित्र
झुपडीकै भगवानसँग जिन्दगी बिताइन्छ ।

माटोले चिनेको छ यी रुखहरूले बिर्सेनन्,
खेत अनि खलियानसँग जिन्दगी बिताइन्छ ।

आफ्नो घरको त आगोले पनि पोल्दैन,
यहि ढुङ्गे आँगनसँग जिन्दगी बिताइन्छ ।

 

प्रतिक्रिया दिनुहोस