गजल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गजल


१० भाद्र २०७४, शनिबार


पुराना विकृतिहरू हटाएर नाच ।
बनारसी नयाँ साडी फटाएर नाच ।।

विदेशी ति बाजाको तालमेल छोडेर ।
नेपाली हाम्रो मादल ठटाएर नाच ।।

हराएको संस्कृतिमा मौलिकता थपेर ।
परम्परा रितिरिवाज खटाएर नाच ।।

विगतमा जे भयो वर्तमानमा भुलेर ।
दुःख पिरहरू सारा घटाएर नाच ।।

वर्ष दिनमा आउने नारी पर्व तीजमा ।
साथीसंगी एक साथ अटाएर नाच ।।

 

प्रतिक्रिया दिनुहोस