जग्गा खरिदमा प्रक्रिया पुर्‍याएर भ्रष्टाचार : संसदीय समिति « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जग्गा खरिदमा प्रक्रिया पुर्‍याएर भ्रष्टाचार : संसदीय समिति


९ भाद्र २०७४, शुक्रबार


काठमाडौं । आयल निगमले प्रदेश नम्बर ३ अन्तर्गत चितवनको राप्ती नगरपालिका–१ लोथरमा खरिद गरेको जग्गाको बिहीबार संसदीय समितिले अनुगमन गरेको छ । सांसद सुवासचन्द्र ठकुरीको संयोजकत्वमा जनक बुढासहितको टोलीले अनुगमन गरेको हो । अनुगमनका क्रममा टोलीले स्थानीय जग्गा बिक्रीकर्ता, जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, मालपोत र नापी कार्यालयका प्रमुखसँग छलफल गरेको छ । ठकुरीले सबैको राय–प्रतिक्रिया लिई केही दिनमै प्रतिवेदन सार्वजनिक गर्ने बताए ।

जग्गा खरिदको विषयमा जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकमा जग्गा खरिद, अधिग्रहण तथा प्रािप्तसम्बन्धी भिन्न समिति हुने गर्छ । तर, त्यस समितिलाई पनि बेवास्ता गरेर जग्गा खरिद गरेको पाइएको छ ।

लोथरमा भएको जग्गा खरिदबारे आफूहरू अनविज्ञ रहेको जनप्रतिनिधिको भनाइ रहेको छ । नयाँ पत्रिका दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस