२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तेस्रो चरणको निर्वाचन : कस्तो छ दलहरूको तयारी ?

अ+ अ-

काठमाडौं । साउनभित्रै उम्मेदवार चयन गरेर निर्वाचनमा होमिने दाबी गरे पनि कांग्रेसले प्रदेश नम्बर २ मा अझै उम्मेदवार चयन गर्न सकेको छैन । पहिलो र दोस्रो चरणको निर्वाचनमा बेहोरेको हारबारे समीक्षा गर्दै कांग्रेसले तेस्रो चरणको निर्वाचनका लागि साउनभित्रै उम्मेदवार टुंग्याउने बताउँदै आएको थियो । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पाँचदिने भारत भ्रमणमा रहेका वेला दोस्रो तहका नेताहरू दिनहुँ उम्मेदवारको टुंगो लगाउन बसे पनि निष्कर्षमा पुगेका छैनन् । सभापति भारतबाट फर्किएपछि मात्रै कांग्रेसले उम्मेदवार टुंगो लगाउने संकेत दिएको छ ।

एमालेले प्रदेश नं. २ का दुईतिहाइ स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ । वैकल्पिक पोलिटब्युरो सदस्य शत्रुधन महतोका अनुसार २ असोजमा हुने स्थानीय निर्वाचनका लागि धनुषाबाहेक सात जिल्लामा पार्टीले उम्मेदवार टुंग्याएको छ । स्थायी समितिको निर्देशनअनुसार बाँकी उम्मेदवार १२ गतेभित्र प्रदेश संगठन कमिटीको बैठकबाट टुंगो लगाइने महतोले बताए । ‘अहिलेसम्म ८० भन्दा बढी स्थानीय तहमा उम्मेदवारको टुंगो लागिसकेको छ, बाँकी उम्मेदवार पनि निर्देशनअनुसार १२ गतेभित्र टुंग्याइसक्छौँ,’ उनले भने ।

माओवादी केन्द्रले प्रदेश नम्बर २ का स्थानीय तहका उम्मेदवार अर्को हप्तासम्म टुंग्याउने भएको छ । उम्मेदवार चयन गरेर मैदानमा होमिने माओवादी केन्द्र प्रदेश नम्बर २ का इन्चार्ज मात्रिका यादवले बताए । ‘प्रदेश नम्बर २ का १ सय ३६ तहमध्ये करिब ६० प्रतिशत उम्मेदवारको टुंगो लागिसकेको छ,’ यादवले भने, ‘अब ४० प्रतिशत उम्मेदवारको टुंगो लगाउन बाँकी छ, अर्को हप्ताभित्र सबै उम्मेदवारको टुंगो लगाइसक्छौँ ।’

राजपाको केन्द्रीय नीति एक्लै निर्वाचन लड्ने भन्ने छ । तर, स्थानीय पार्टीको अनुकूलताका आधारमा कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमसँग तालमेल गर्न सक्नेछ । सुरुमा फोरम र लोकतान्त्रिक फोरमसँग तालमेल नगर्ने बताएको राजपाले स्थानीय नेताहरूको ब्रिफिङपछि उनीहरूसँग पनि तालमेल गर्ने रणनीति बनाएको हो । सप्तरीमा यी दुई पार्टीसँग तालमेल गर्नेबारे राजपाका स्थानीय नेताहरूबीच छलफल पनि सुरु भइसकेको छ । नयाँ पत्रिका दैनिकमा खवर छ ।

0 Comments