निर्वाचनबारे गृहमन्त्री र प्रमुख निर्वाचन आयुक्तबीच छलफल « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

निर्वाचनबारे गृहमन्त्री र प्रमुख निर्वाचन आयुक्तबीच छलफल


८ भाद्र २०७४, बिहिबार


काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा र प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादववीच निर्वाचनबारे छलफल भएको छ ।

भेटका क्रममा स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्वाचनका विषयमा छलफल भएको आयोगका प्रवक्ता एवम् सहसचिव सूर्यप्रसाद शर्माले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रमुख निर्वाचन आयुक्त यादवले बाढी र डुबानका कारण २ नम्बर प्रदेशमा मतदान केन्द्र र सडक तथा पुल क्षतिग्रस्त भएकाले यथाशीघ्र सवारी सञ्चालन गर्ने गरी पुनर्निर्माणको व्यवस्था गर्न र प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने ऐन र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन आयोगलाई अविलम्ब उपलब्ध गराउन गृहमन्त्रीमार्फत् सरकारलाई आग्रह गरे ।

गृहमन्त्री शर्माले मतदान केन्द्रको पुनर्निर्माणका साथै पुल तथा सडक सुचारू गर्न सरकारले छिट्टै उपयुक्त कदम चाल्ने र प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक ऐन यथाशीघ्र आयोगलाई उपलब्ध गराइने प्रतिवद्धता गरे ।

२ नम्बर प्रदेशमा आगामी असोज २ गते स्थानीय तहको निर्वाचन हुँदैछ भने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन मंसिर १० गते तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस