तीन स्रष्टा सम्मानित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

तीन स्रष्टा सम्मानित


७ भाद्र २०७४, बुधबार


धनगढी । सुदूरपश्चिमको कला, भाषा, संस्कृति र साहित्यमा योगदान पुर्याएको भन्दै तीन स्रष्टा सम्मानित भएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, कैलालीले आफ्नो १६ औं साधारणसभाका अवसरमा लोक गायक जीवन थापामगर, देउडा गायक दिलबहादुर धामी र युवा संस्कृतिप्रेमी युवराज जोशीलाई सम्मान गरेको हो ।

प्रष्ठिानका ७ नम्बर प्रदेश संयोजक सुरत रावत ‘डोटेली कान्छा’ले दोसल्ला ओडाएर सम्मान गरे ।

यस्तै प्रतिष्ठानले संगठनको गतिविधि उपलब्धिपूर्ण बनाएको भन्दै प्रतिष्ठानले प्रथम उपाध्यक्ष मनिराम आचार्य र कोषाध्यक्ष साधाना बिसिलाई प्रशंसा पत्र प्रदान गरेको छ ।

साधारणसभा अध्यक्ष दलबहादुर बोगटीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा दलित साहित्य सोपानका अध्यक्ष गणेश नेपाली , प्रतिष्ठान सेती अञ्चलका बरिष्ठ उपाध्यक्ष दामोदर रिजाल र महासचिव दीर्घराज फुलारा विशिष्ठ अतिथि रहेका थिए । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सहसचिव सिबी चन्दले गरेका थिए भने स्वागत मन्तव्य सदस्य राजेन्द्र बिष्टले दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस