बाढी पहिरोबाट कृषिमा ३१ लाख क्षति « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बाढी पहिरोबाट कृषिमा ३१ लाख क्षति


७ भाद्र २०७४, बुधबार


नुवाकोट । बाढी र पहिरोबाट कृषि क्षेत्रमा ३१ लाख १० हजार बराबरको क्षति भएको छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार बाढी र पहिरोले धान, मकै, कोदो, तरकारी, ट्राउट माछाको रेसवेमा बढी क्षति भएको छ । पहिरोका कारण विभिन्न ठाउँमा ६ घरपरिवार विस्थापित भएका छन् भने १२१ घरपरिवार प्रभावित भएका छन् ।

वरिष्ठ कृषि विकास अधिकृत डा. कमलराज गैरेका अनुसार वर्षाका कारण पहिरो तथा नदी र खोलामा बाढी आएपछि जग्गा कटान गरेको छ । विदुर र बेलकोटगढी नगरपालिका, शिवपुरी, तार्केश्वर, दुप्चेश्वर, मेघाङ, तादी र लिखु गाउँपालिकाको २६ हेक्टर बढी जमिनमा लगाएको बालीनाली क्षति भएको छ ।

किसानले भर्खरै रोपेको धान र कोदो, भाँच्ने समय भएको मकै, विभिन्न तरकारीखेती, ट्राउट माछापालन गर्न तयार पारेको पोखरी ९रेसवे०, सिँचाइ कुलो लगायतमा क्षति पुगेको गैरेले बताए । गत साउन २० गतेदेखि भदौ २ गतेसम्म आएको अविरल वर्षासँगै बाढी र पहिरोले क्षति पुर्याएको छ ।

बाढी र पहिरोबाट पुगेको क्षतिबारे किसान, कृषि समूह, कृषि सेवा केन्द्र, जनप्रतिनिधि, प्रहरीलगायतबाट तथ्यांक संकलन भइरहेकाले कार्यालयले जनाएको छ । मन्त्रालयमार्फत अनुदान रकम उपलब्ध गराउन पहल भइरहेको गैरेले बताए । जिल्लाका किसानले गत वर्ष बाढी र पहिरोबाट एक करोडको क्षति व्येहोरेपनि सरकारले आठ लाख मात्र अनुदान उपलब्ध गराएको थियो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस