२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारत भ्रमणका क्रममा राष्ट्रिय हितको पक्षमा कुरा राख्नुस्ः देउवालाई ओलीको सुझाव

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा तराई-मधेसको डुबान, ऊर्जा विकास, सन् १९५० सन्धि, सीमा क्षेत्रमा निर्माण गरिएको बाँध र सुपुर्दगी सन्धिलगायत समग्र राष्ट्रहितका पक्षमा कुरा राख्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।

व्यवस्थापिका– संसद्को आजको बैठकमा विशेष समय लिएर उनले सदनको अधिवेशन चलिरहेको बेला छिमेकी मुलुकको भ्रमणमा जान लागेका प्रधानमन्त्रीले छलफलको कार्यसूची र भ्रमणमा जानुपर्नाका कारणबारे सदनमार्फत नेपाली जनतालाई जानकारी गराउन आवश्यक रहेको बताए ।

“मुलुकको धेरै भागमा बाढी, पहिरो र डुबानको समस्या छ, जसबाट १४९ को ज्यान गइसकेकोछ, १० हजारको संख्यामा बेघरबार छन्, ठूलो संख्यामा जनता समस्या छन्, त्यसमध्ये डुबानको समस्या अझै विकराल छ, डुबान समस्या कसरी पैदा भएको हो, अब कसरी समाधान गर्ने हो, त्यस सम्बन्धमा व्यापक छलफल र बहस हुनुपर्छ”, उनले भने ।

नेता ओलीले अन्तर्राष्ट्रिय कानून विपरीत नेपाललाई पनि थाहा नै नदिएर बाँध बनाइएको छ भन्दै त्यसबारे सरकारको धारणा के छ भन्नेबारे नेपाली जनता सुन्न चाहन्छन् भन्दै बाँधका सम्बन्धमा गम्भीर रुपमा भारतसँग कुरा गर्नुपर्नेमा जोड दिए ।

उनले इतिहासको कुनै कालखण्डमा गरिएको सन्धि वा सम्झौता आजको आवश्यकता र मुलुकको हित हुने गरी बनाउनुपर्ने बताउँदै सन् १९५० को सन्धि पुनरवलोकनको विषयलाई सकारात्मक दिशातर्फ लैजानुपर्ने सुझाव दिए । “कूटनीतिक मर्यादा विपरीत सार्वभौम राष्ट्रले थिचोमिचोको महसूस गर्दछौँ भने हामीले छिमेकीसँग स्पष्ट कुरा राख्न सक्नुपर्दछ,” उनले भने ।

ऊर्जा व्यापार सम्बन्धमा निश्चित प्रतिशत लगानी भएको मात्र किन्ने अरु नकिन्ने भन्ने भनाइ सार्वजनिक गरिएको छ, यो ठीक होइन भन्दै उनले भारतले जुन नीति सार्वजनिक गरेको छ त्यो नेपालको हितमा नरहेको र त्यसले ऊर्जा विकासमा योगदान नपु¥याउने बताए ।

“कतिपय सीमा विवादको बेला भन्न हच्किन्छौ, जायज कुरा गर्न हच्किनुपर्ने कुनै कारण छैन, कानूनी सहायताको नाममा एक देशको कानून व्यवसायी अर्को देशमा गएर बहस गर्ने काम हुनहुँदैन, तेस्रो देशको नागरिक दोस्रो देशलाई सुपुर्दगी गर्न मिल्दैन । छिमेकीसँग सम्बन्ध बिग्रन्छ यसबारे प्रधानमन्त्रीले भ्रमणका क्रममा कुरा राख्नुपर्छ”, ओलीले भने ।

उनले सार्कले दक्षिण एसियाको विकासमा सकारात्मक योगदान गर्दै आएको बताउँदै अध्यक्ष मुलुकका हिसाबले यस क्षेत्रमा देखिएको चिसोपन र तनाव घटाउन हामीले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए ।

उनले स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि सीमा निर्धारण गर्ने काम सकियो कि बाँकी छ, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि, सरकारले ऐन किन अड्काएर राखेको हो भनी प्रश्न गरे ।

संविधान परिवर्तनीय दस्तावेज भएको र यो देश र जनताको, अग्रगमनका लागि संशोधन हुन गर्न सकिने बताउँदै उनले सहमतिका आधारमा संविधान संशोधन गर्न सकिने थियो तर अनुपयुक्त ढंगबाट आएकाले अस्वीकृत भएको विचार व्यक्त गरे ।

भूकम्प गएको यति समय बित्दा समेत भूकम्पपीडित उस्तै समस्यामा रहेको बताउँदै उनले विपद् व्यवस्थापन सम्बन्धी ऐन छिट्टै सदनमा ल्याउन आग्रह गरे । रासस

0 Comments