Logo २६ माघ २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पत्रकार महासङ्घको अध्यक्षमा आचार्य विजयी


६ भाद्र २०७४, मंगलबार


काठमाडौँ । नेपाल पत्रकार महासङ्घको २५औँ महाधिवेशनबाट अध्यक्षमा गोविन्द आचार्यसहित ४७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

मतगणनाको परिणामअनुसार आचार्य ७३२ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गरे ।

पदाधिकारीहरुमा पनि आचार्य नेतृत्वकै प्रेस सेन्टर र नेपाल प्रेस युनियनको संयुक्त समूह विजयी भएको छ भने केही सदस्यहरुमा प्रेस चौतारी नेपालको समूह विजयी भएको छ ।

कूल एक हजार ५०८ मतदाता रहेको निर्वाचनमा एक हजार ४४९ मत खसेको थियो ।

निर्वाचित पदाधिकारीहरुमा खुला उपाध्यक्षतर्फ विपुल पोख्रेल, समावेशी उपाध्यक्ष दिलीप थापामगर, महासचिव रमेश विष्ट, खुला सचिव रामप्रसाद दाहाल, महिला सचिव लक्ष्मी पुन, आदिवासी जनजाति सचिव उदय जिएम, मधेशी सचिव शीतलप्रसाद महतो, दलित सचिव रेमबहादुर विश्वकर्मा, एशोसिएट सचिव प्रकाश थापा र कोषाध्यक्ष राजेश मिश्र भएका छन् ।

यस्तै, लेखा समितिको संयोजकमा रोशन पुरी विजयी भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस