पशुपति शमशेरको पक्षमा सर्वोच्चको आदेश « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पशुपति शमशेरको पक्षमा सर्वोच्चको आदेश


५ भाद्र २०७४, सोमबार


काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) लाई छुट्टै दल दर्ता गर्न अन्तरिम आदेश दिएको छ।

प्रस्तावित राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणा सहितले दिएको रिटमाथि न्यायाधीश तेजबहादुर केसीको इजलासले मंगलबार उक्त आदेश दिएको हो।

सर्वोच्चको अन्तरिम आदेशमा भनिएको छ, ‘निवेदनको नयाँ दल दर्ता गर्ने माग सम्वन्धमा आवश्यक पर्ने अन्य कानुनी प्रक्रिया अपनाई दल दर्ता र चुनाव चिन्ह सम्वन्धमा आवश्यक निर्णय गर्नू ।’

पार्टी फुटाएर राप्रपा (प्रजातान्त्रिक) दर्ता गर्न राणाले साउन २२ गते निर्वाचन आयोगमा ६४ सांसदको हस्ताक्षरसहित निवेदन दिएका थिए। आयोगले ती हस्ताक्षर सनाखत गर्नुपर्ने भन्दै भदौं ४ गतेसम्मको अवधि दिएको थियो। आयोगको यहि निर्णय विरुद्ध राणा सर्वोच्च अदालत गएका हुन्।

आयोगले आइतबार नै हस्ताक्षर सनाखतका लागि अनुपस्थित भएको प्रमाणिकरण समेत गरेको थियो । तर, सर्वोच्चले सोमबारको अन्तरिम आदेशमा यो प्रक्रियालाई यथास्थितिमा राख्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस