प्रधान सेनापतिद्वारा भवन निरीक्षण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधान सेनापतिद्वारा भवन निरीक्षण


५ भाद्र २०७४, सोमबार


काठमाडौं । प्रधान सेनापति राजेन्द्र क्षत्रीले छाउनीस्थित नवनिर्मित क्षेत्रीय विपद् व्यवस्थापन केन्द्रको निरीक्षण गरेका छन् । सो क्रममा उनले विपद् व्यवस्थापन तालिम सम्बन्धी पूर्वाधार तथा इक्विप्मेन्टको निरीक्षण समेत गरे ।

भूकम्प प्रतिरोधात्मक प्रविधिबाट तयार गरिएको उक्त भवन ठूलो प्रकारको विपद्मा बहुराष्ट्रिय सैनिकको समेत संलग्नतामा हुने खोज, उद्धार तथा राहत वितरण सम्बन्धी कार्य छिटो र प्रभावकारी ढङ्गले गर्न सकिने जनसम्पर्क तथा सूचना निर्देशनालयको विज्ञप्ति उल्लेख छ । विज्ञप्तिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा आयोजना गरिने विपद् व्यवस्थापन सम्बन्धी तालिम, अभ्यास, गोष्ठी र सेमिनारको लागि समेत प्रयोग गरिने छ ।

सो क्रममा प्रधानसेनापती क्षत्रीले गुल्मस्तरको दुई वटा नमुना जवान आवास भवन समेत उद्घाटन समेत गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस