कर्मचारीद्वारा बाढीपीडितलाई डेढ लाख राहत संकलन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कर्मचारीद्वारा बाढीपीडितलाई डेढ लाख राहत संकलन


३ भाद्र २०७४, शनिबार


भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरस्थित निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन कञ्चनपुरले बाढीपीडितका लागि राहत संकलन अभियान थालेको छ ।

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष गौराजबहादुर लिम्बूले केही दिनयता स्थानीय व्यापारी, कर्मचारी, उद्योगीलगायत आम सर्वसाधारणबाट बाढीपीडितका लागि कर्मचारी युनियनले राहत संकलन गर्न थालेको जानकारी दिए ।

उनले हालसम्म डेढ लाख संकलन भइसकेको जानकारी दिँदै संकलित राहत रकम कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई हस्तान्तरण गरिने बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस