सहारा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सहारा


३ भाद्र २०७४, शनिबार


बाल्यकालमा रामको सपना थियो– डाक्टर बन्ने । पढ्नमा अब्बल राम कक्षामा सधै प्रथम हुन्थ्यो । गाउँमा कसैलाई आपत आइलाग्दा पनि ऊ अघि सर्ने गथ्र्याे । त्यसैले ऊ गाउँका सबैको प्रिय थियो । रामको डाक्टर बन्ने चाहना बुबाआमालाई पनि थाहा थियो । कमजोर आर्थिक अवस्थाका कारण कतै छोराको चाहना पूरा गर्न नसकिने हो कि भन्ने उनीहरू चिन्तित थिए ।

एसएलसी पास भएपछि रामलाई उसका बुबाआमाले ऋण लिएर काठमाडौं पढ्न पठाए । उ सहरको राम्रै कलेजमा साइन्स पढ्न थाल्यो । पढाइमा अब्बल राम त्यहाँ पनि उत्कृष्ट ठहरियो । साइन्स सकेपछि रामले एमबिबिएसको छात्रवृति कोटामा नाम निकाल्यो । पढाइकै क्रममा गरिमासँग उसको प्रेम भयो । गरिमा धनाढ्यकी छोरी थिइन् । धनाढ्य परिवारमा जन्मिएकाले पनि होला, उनमा अहंकार निकै थियो । सहर पुगेपछि रामको स्वभाव बदलिसकेको थियो, बाल्यकालको राम पैसा कमाएपछि अहंकारी भइसकेको थियो ।

एमबिबिएस सकेलगत्तै उसलाई सहरको नामी हस्पिटलले जागिरको अफर दियो । त्यो अफर उसले सहजै स्वीकार्याे । छोराले डाक्टर भएको खबरले उसका बुबाआमा निकै खुसी भए । लामो समयदेखि पालेको रोगको उपचार पाइनेमा उनीहरु ढुक्क थिए ।

जागिर पाएपछि रामले बुबाआमा बोलाएर धुमधामसँग बिहे गर्यो । बिहे गरेको केही दिनपछि गरिमाले आफ्नो असली औकात देखाउन थाली । राम हस्पिटल गएका बेला ऊ सासूससुरासँग विभिन्न आरोप लगाएर तिरस्कार गर्थी । यसको केही समयपछि यसबारे बुबाआमाले रामसँग दुखेसो पोखे । तर, ऊ केही बोलेन । बुहारीको तिरस्कार सहन नसकेर अन्ततः उसका बुबाआमा गाउँ फर्किए ।

लामो समयदेखि रोग पालेर बसेका बुबाआमा रोगले थलिए । यसबारे गाउँलेले रामलाई फोनमार्फत जानकारी दिए । तर, रामले चासो दिएन । रोगले थलिएका उसका बुबाआमाले उपचार नपाएरै प्राण त्यागे । बुबाआमाको मृत्युको खबर सुन्दा पनि रामे गाउँ फर्र्र्किएन । गाउँलेले नै उसका बुबाआमाको दाहसंस्कार गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस