गजल « प्रशासन
Logo २२ मंसिर २०७८, बुधबार
   

गजल


३ भाद्र २०७४, शनिबार


जो मलामी कमाउछु भन्थ्यो उसैको लास हराएछ ।
कठै ! महल बनाउछु भन्थ्यो उसैको बाँस हराएछ ।।

सायत संगतले होला कि बादर पनि कुकुर भएको ।
हातमा त थियो नै तर मुखमा नपुग्दै गाँस हराएछ ।।

जोगी सित भिक्षा माग्नेको नाम के राख्ने होला खै ।
जन्जिर हातमै थियो कसरी काजीको दास हराएछ ।।

हो दुर्गन्धै हो सुगन्ध भन्लान अनौठा नभन्नु होला ।
अचेल मुखै मात्र जो भेटिन्छन सर्वत्र नाक हराएछ ।।

दोष लेख्नेको हो,मान्छे रेटेका कुरा किन लेख्यो ।
नातिको जन्म हुनाले बराजुको इतिहास हराएछ ।।

डुङ्गामा नभै ढुङ्गामा नदी तराउछु भन्दैथियो माझी ।
तर्नेको लाम थियो पारि हेर्नेको विश्वास हराएछ।।

द्वाली बुझेर माछा मारेझै बाध बाधेर मान्छे डुबायो ।
यौटा शब्द थियो नि असत्यको सर्वनास ! हराएछ ।।

गएको राति सुतेको बेला झाणु पानीले बगाएको रे ।
बस् त्यहीँ अन्तिम सपना थियो जहान थात हराएछ ।।

निधारमा दरार थिए सायद सूर्य सित ठोकियो होला ।
छेक्ने बस्तु केही थिएन बादल या बतास हराएछ ।।

सुहाग रातमा सोधिन् सुहागनले तिमी के कुमार हो ?
दुलाहाको उत्तर सुन्दा दुलहीको सन्त्रास हराएछ ।।

भमरा र फुलको बिवाहामा जन्ती जाने मन थियो ।
निम्तालु सबै फर्के किन होला सोध सुवास हराएछ ।।

मैले पत्थरसंग पनि दिल हुन्छ भन्ने कुरा देखेकोछु ।
हतौडी फुलको हुन्थ्यो तर अचेल खास हराएछ ।।

गजबको छ है यो नदी र किनाराको कहानी पनि ।
नदी छदैछ किनार कता हो कुन्नी रातारात हराएछ ।।

चुम्बनको पनि के खानु यार पेटमा त केही पुग्दैन ।
एकछिन पछि पत्झर देखिन्छ मधुमास हराएछ ।।

आफू सित पानी पकाएर दूध बनाउने डाडु थियो ।
चाहना त यद्यपि बाकी छ केबल अन्दाज हराएछ ।

उनी उड्न चाहान्थे मेरो लागि तारा टिप्न भनेर ।
आजै किन होला अचानक त्यो आकाश हराएछ ।।

खैरेनीको अंगालोमा छोरो उतै बाधियो र भासियो ।
आमाको परन्त श्वास सेलायो बल्ल आश हराएछ ।।

सेतो लुगामा मान्छे थियो पढ्नेले कालो मन पढ्थे ।
कालै मनकोलाई पहिरन दिदा देखि रबाफ हराएछ ।।

पैशाको बिटोले मुखमा हान्दा न्यायाधीश हासेछन् ।
हो त्यही दिन देखि हो निमुखाको निसाफ हराएछ ।।

जनै लगाउदैमा धर्म हुने भए बडो सजिलो हुन्थ्यो।
आबरण हुन्थ्यो धन्दा चल्थ्यो तर रिवाज हराएछ।।

खिया बचाउथ्यो धार पचाउथ्यो ती बार जिन्दगीले ।
खुकुरी भक्कानिदै थियो किन हो सोधे दाप हराएछ ।

मनको अन्धो होला त्यो जुनकीरी देख्ने जून नदेख्ने ।
बिचरा१धनी मान्छे ज्योति झुल्किने किताब हराएछ ।।

पद खसेछ पतितको डाडुमा पानी भरिरहेको देखियो।
स्वयं बड्बडाउछ अचेल बुझियो औकात हराएछ।।

उत्तरमा ऐठन हुने रोग लागेछ,महामारी हो भन्छन् ।
जिन्दगीमा एकाएक साह्रै सजिलो सवाल हराएछ ।।

देवता कहाँ सुत्छन पलङ भएको देखिन मन्दिरमा ।
सायद भूइमै होला कि त किनिदिने दलाल हराएछ ।।

काल पसेको थियो रे अस्ति बुढी खसेको सुनिन्थ्यो ।
पहिला नाउँ अनि गाउँ भएन सारा मिसाल हराएछ ।।

गल्ती कलमको हो कागजलाई किन गाली गरेको ।
सनाखते पागल हुन निर्णय कर्ताको दिमाग हराएछ ।।

त्यसकारण देश सुकेछ छल प्रणालीकै जरोमा पस्दा ।
जब भुत समातियो झाक्रीहरुको जबाफ हराएछ ।।

बुढोलाई जवान देख्ने आफ्नो पालो कुरेर बसेछन् ।
टालेको च्यातिएकै थिएन नयाँको पो जात हराएछ ।।

हाम्रा लागि लड्ने खै कुन जनावर हुन थाहा भएन् ।
सुन्छु स्यालहरुको त अचेल आफ्नै आवाज हराएछ ।।

प्रतिक्रिया दिनुहोस