बाँची आए फेरि भेटौला « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बाँची आए फेरि भेटौला


३ भाद्र २०७४, शनिबार


तिम्रै काखमा हुर्के आमा
तिमीले जन्म दिए पछि
बाँचेकै छुं जिन्दगीमा
मानव चोला लिए पछि

रहर जन्मे, ठहर जन्मे
हुर्किदैछुं संग संगै
जिउदैछुं आज त्यहि
जिन्दगीको रंगसंगै

हातमा हवाई टिकट
भिषा लाको राहादानी
च्यापी हिडें मेरी आमा
यस्तै रैछ भाग्य ठानी

के गर्नु त स्वदेशमा ?
छैन केही काम धाम ।
खाली पेटले मागेपछि
कस्ले दिन्छ भरि माम ?

कसलाई हुन्न माया ?
आफ्नै बाटो, आफ्नै माटो
तर आज रोजी हिडे
जिन्दगीको अर्कै पाटो

प्रदेशी बिरानो ठाउँमा
आफ्नो भन्ने हुन्न कोही
तातो तातो हावा चल्दा
बस्छु हजूर सधै रोइ

जिन्दगीको के भरोषा ?
मरिजाने रैछ चोला !
नरुनु है मेरी आमा
बाँची आए फेरि भेटौला

Tags :
प्रतिक्रिया दिनुहोस