गजल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गजल


३ भाद्र २०७४, शनिबार


कतै बाढी कतै पहिरो मुटु दुःखेको छ
निर्दयी प्रकृती तिमी आघि शिर झुकेको छ

रोकेन किन तराई डुबाउने झरी पहाडले आज
लचार अनि विवशताले यो धडकन रुकेको छ

सकेनौं देख्न झुपडीमा बलेको दियो बगायौं
पप यो कुन जुनिका हजारौ प्रश्न उठेको छ

सन्तान बगाउने बाध बाँधी गए पापीले
बगेको हेर्दै लालाबाला आँखा पानी सुकेको छ

प्रतिक्रिया दिनुहोस