दिलीप स्मृतिका खेलाडीलाई पोशाक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दिलीप स्मृतिका खेलाडीलाई पोशाक


२ भाद्र २०७४, शुक्रबार


काठमाडौं । टप माउन्टेन तेक्वान्दो संघ, हङकङका अध्यक्ष मास्टर गणेश गुरुङले दिलिप स्मृति प्रतिष्ठानका तेक्वान्दो खेलाडीलाई खेल पोशाक (डोबोक) सहयोग स्वरुप प्रदान गरेका छन् ।

तेक्वान्दो प्रशिक्षक मनोज खड्गीले प्रतिष्ठानका खेलाडीलाई पोशाकका लागि पहल गरिदिएका थिए । विगत २५ वर्षदेखि हङकङमै बस्दै आएका छैटौं डान गुरुङले खेलाडीका लागि करिब ३० हजार मुल्य बराबरको ३० थान खेल पोशाक प्रशिक्षक खड्गी मार्फत उपलब्ध गराएका हुन् ।

प्रशिक्षक खड्गीले उक्त सामाग्री प्रतिष्ठानका अध्यक्ष राजेन्द्र खत्रीलाई शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आयोजित एक कार्यक्रमबीच हस्तान्तरण गरे । लगत्तै खत्रीले सो सामाग्री खेलाडीलाई वितरण गरेका थिए ।

सो अवसरमा प्रतिष्ठानले तेक्वान्दोको विकास र विस्तारमा योगदान पु¥याएको भन्दै गुरुङ र खड्गीलाई सम्मान पत्र प्रदान गरी सम्मान गरेको थियो । गुरुङ हङकङमै रहेकाले खड्गीले आफ्नो र गुरुङको पनि सम्मान पत्र ग्रहण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस