उर्जामन्त्रीको कर्मचारीलाई गज्जबको निर्देशनः ‘सेवाग्राहीलाई नमस्कार गर्नुस्’ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उर्जामन्त्रीको कर्मचारीलाई गज्जबको निर्देशनः ‘सेवाग्राहीलाई नमस्कार गर्नुस्’


१ भाद्र २०७४, बिहिबार


काठमाडौं । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले प्राधिकरणमा महसुल बुझाउन आउने सेवाग्राहीलाई नमस्कार गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

नेपाल विद्युत् प्राधिकरणले ३२ औं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै उनले परिवर्तनको महसुस दिलाउने भन्दै नमस्कार गर्नुपर्ने बताए । ‘सेवाग्राहीका कारण कर्मचारीले तलब पाइराखेका छन् ।

त्यसो भएकाले पनि उनीहरूलाई सानादेखि उच्च पदस्थमा पुगेका सम्पूर्ण कर्मचारीले नमस्कार गर्न आवश्यक छ,’ उनले भने । उनले मुलुकभरका प्रत्येक काउन्टरअघि खानेपानीको साथै ट्वाइलेटको व्यवस्था गर्न निर्देशन दिए । उनले विद्युत वितरणलगायत सेवा प्रभावकारी बनाउन प्राधिकरणका कर्मचारीलाई निर्देशन दिए ।

उनले अबको १० दिनभित्रै आफूले दिएको निर्देशन कार्यान्वयन भए/नभएकोबारे अनुगमन गर्ने बताए ।

मन्त्री शाहीले प्राधिकरणले तत्काल गर्ने कार्यका सम्बन्धमा ३४ बुँदे श्वेतपत्र जारी गरेको जानकारी दिए ।
तस्बिर ः रासस

Tags :
प्रतिक्रिया दिनुहोस