बास्केटबल प्रतियोगितामा रेडिअन्ट र इनोभेटिभको विजयी सुरुआत « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बास्केटबल प्रतियोगितामा रेडिअन्ट र इनोभेटिभको विजयी सुरुआत


३२ श्रावण २०७४, बुधबार


काठमाडौं । आयोजक रेडिअन्ट पब्लिक बोर्डिङ स्कुल र इनोभेटिभ इङलिस स्कुलले पाँचौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार विजयी सुरुआत गरेका छन् ।

स्युचाटारस्थित घरेलु कोर्टमा रेडिअन्टले राइजिङ स्टारलाई ४६–१४ ले सहजै पराजित ग¥यो । रेडिअन्टको जितमा सुरज सिंहले ९ अंक योगदान गरे । सुजन शाहीको १४ अंक सहयोगमा इनोभेटिभले विस्डमलाई ४६–१० को फराकिलो अन्तरले हरायो ।

सिनियर ब्वाइजमै विल्सन एकेडेमी, महामञ्जुश्री र ग्यालेक्सी पब्लिक स्कुलले पनि जितका साथ यात्रा प्रारम्भ गरे ।

विल्सनले पिपुल्सलाई ५४–२३ ले पन्छायो । विल्सनका पेम्बा शेर्पाले उत्कृष्ट प्रदर्शन गर्दै ३५ अंक जोडे । महामञ्जुश्रीले डेनेबलाई ३२–२८ ले पाखा लगायो । महामञ्जुश्रीका मीन बुढा मगरले १५ स्कोर गरे । ग्यालेक्सीले ज्योति एकेडेमीमाथि ३३–११ को सहज जित दर्ता ग¥यो । ग्यालेक्सीका सुवास गुरुङले १५ अंक जोडे ।

जुनियर ब्वाइजमा साइन मोडेल र इनोभेटिभ विजयी भए । साइन मोडेलले अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) लाई ४–२ ले पराजित ग¥यो । विजयी टिमका लागि छिरिङ मोक्तानले २ अंक बटुले । लोयल्टी एकेडेमी विरुद्धको खेलमा इनोभेटिभ १४–६ ले विजयी भयो । इनोभेटिभका विवेक न्यौपानेले ७ अंक जोडे ।

प्रतियोगिताको आयोजक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणसिंह कुँवर र रेडिअन्टका प्रिन्सिपल सूर्यबहादुर केसीले निर्णायकलाई बल हस्तान्तरण गरी संयुक्त उद्घाटन गरे । भदौ ९ गतेसम्म चल्ने प्रतियोगिताको सिनियर ब्वाइजमा १८ र जुनियर ब्वाइजमा १४ गरी ३२ टिम सहभागी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस