२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आयुर्वेदको विकास र विस्तारमा चीनले सहयोग गर्छः उपप्रधानमन्त्री याङ

अ+ अ-

काठमाडौँ । चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङले नेपालमा आयुर्वेदको विकास र विस्तारका लागि चीन सरकारले पूर्ण सहयोग गर्ने बताएका छन् ।

कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र अवलोकनका लागि आज त्यहाँ पुगेका उपप्रधानमन्त्री याङले आयुर्वेदको अनुसन्धानका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

स्वास्थ्य सचिव किरण रेग्मीले नेपाल सरकार संघीयतामा गएपछि सातै प्रदेशमा आयुर्वेद अस्पताल निर्माण गर्ने लक्ष्य लिएको र त्यसका लागि चीन सरकारका तर्फबाट आबश्यक सहयोग गर्न उपप्रधानमन्त्री याङसँग आग्रह गरे ।

उनले भने, ‘‘नेपालका ८० प्रतिशत जनताको आयको स्रोत जडीबुटी भए पनि यसबारे ज्ञानको अभावमा अमूल्य जडीबुटी समय नहुँदै दोहन हुँदा ह्रास हुँदै गएकाले जनचेतना सहित उच्चस्तरको प्रविधियुक्त स्रोत संकलन र डिजिटलयुक्त पुस्ततकालय स्थापना गर्दैछौँ ।’’

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्रका कार्यकारी निर्देशक डा. सिद्धार्थकुमार ठाकुरले आयुर्वेदको क्षेत्रमा अनुसन्धान गर्नु केन्द्रको एक मात्र उद्देश्य भएको बताए ।

चीन सरकारले सन् २००९ मा रु ६८ करोडको लगानीमा अनुसन्धानका सो केन्द्रको भवन निर्माण गरी सन् २०११ मा नेपाल सरकारलाई हस्तान्तरण गर्नुका साथै रु २४ करोड बराबरको चिकित्सा सम्बन्धी उपकरण पनि उपलब्ध गराएको छ ।

सो केन्द्रबाट हाल शल्य चिकित्सा, स्त्री, प्रसूति सेवा अर्बुद्ध रोग उपचार, अकुपञ्चर, रेडियोलोजी, प्याथोलोजीलगायतका सेवा प्रदान हुँदै आएको छ । अन्तरंग सेवाअन्तर्गत पञ्चकर्म, क्षारसुत्र सेवा, स्वस्थ्यत सेवा, कौमारभृत्य, योग तथा फिजियोथेरापी, एक्सरे, सिटी स्क्यान र टेलीमेडिसिनलगायतका सेवा सुरु हुने तयारीमा रहेको केन्द्रले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस