चिनियाँ उपप्रधानमन्त्रीद्वारा नौतले दरबार शिलान्यास « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चिनियाँ उपप्रधानमन्त्रीद्वारा नौतले दरबार शिलान्यास


३१ श्रावण २०७४, मंगलबार


काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङ र उपप्रधान र परराष्ट्र मन्त्री कृष्णबहादुर महराले मंगलबार बिहान वसन्तपुर दरबार क्षेत्रस्थित भूकम्पबाट क्षतिग्रस्त नौतले दरबार पुनर्निर्माणको संयुक्त शिलान्यास गरेका छन् ।

शिलान्यास समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देव, चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल तथा नेपालका लागि चिनियाँ राजदूत यु होङलगायत उपस्थित थिए ।

अनुमानित करिब १६ करोड रुपैयाँ लागतमा पुनर्निर्माण हुन लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस