डा. गोविन्द केसीको २३ दिन लामो आमरण अनसन स्थगित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

डा. गोविन्द केसीको २३ दिन लामो आमरण अनसन स्थगित


३१ श्रावण २०७४, मंगलबार


काठमाडौं । डा. गोविन्द केसीले २३ दिन लामो आमरण अनसन तोडेका छन् ।

बाढी पहिरोलगायत मुलुकको जटिल अवस्थालाई औल्याउँदै डा. केसीले अनशन स्थगित गरेका छन् । उनले सरकारले आफ्नो माग पुरा नगरे मुलुकको स्थिति सहज हुनासाथ पुन सत्याग्रह गर्ने चेतावनी दिएका छन् । उनले आफ्नो आन्दोलन जारी रहेको बताएका छन् ।

उनले बाढी पहिरोलगायतको बिपत्तिका कारण यो पटक सरकारसँग कुनै सम्झौता नगरी अनसन स्थगित गरेका हुन् । यद्यपि चिकित्सा शिक्षा विधेयक बाहेकका अधिकांश माग भने सम्बोधन भएको छ ।

सरकारले बदमासी गर्न खोजे सत्याग्रह पुनःगर्ने बताउदै विज्ञप्ति पनि जारि गरेका छन् । विज्ञप्तिको पूर्ण पाठ यस्तो छ ।

प्रतिक्रिया दिनुहोस