भदौं १ गतेदेखि निर्वाचन आचारसंहिता लाग्ने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

भदौं १ गतेदेखि निर्वाचन आचारसंहिता लाग्ने


३१ श्रावण २०७४, मंगलबार


काठमाडौं । निर्वाचन आयोगले प्रदेश नम्बर २ मा हुन लागेको तेस्रो चरणको निर्वाचनका लागि भदौ १ गतेदेखि आचारसंहिता लागू गर्ने भएको छ ।

आयोगका सहसचिव एवम् प्रवक्ता सूर्यप्रसाद शर्माले मंगलबार जारी गरेको विज्ञप्तिमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आचारसंहिता लागू गरिएको जनाइएको छ ।

उम्मेदवारको हकमा भने मनोनयन दर्तापछि आचारसंहिता लागू हुने उल्लेख छ । प्रदेश नम्बर २ मा असोज २ गते निर्वाचन हुँदैछ । उम्मेद्वार मनोनयन दर्ता भदौ २१ गते हुने आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस