नारायणगढ मुग्लिन सडक पुनः अवरुद्ध « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नारायणगढ मुग्लिन सडक पुनः अवरुद्ध


३० श्रावण २०७४, सोमबार


चितवन । नारायणगढ मुग्लिन सडकखण्डको पाँचकिलोमा गए राति पहिरो खसेपछि सो सडक अवरुद्ध बनेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार राति १० बजेबाट सो ठाउँमा पहिरो खसेको हो । रातको समयमा पहिरो पन्छाउन नसकेपछि अहिले बिहानबाट पहिरो पन्छाउन शुरु गरिएको छ ।

सो सडकमा शुक्रबार दिउँसो २ बजेपछि ठाउँ–ठाउँमा पहिरो खसेपछि अवरुद्ध बनेको सडक आइतबार साँझ ५ः१५ बजे पहिरो पन्छाएर यातायात आवागमन शुरु भएको थियो । दुई दिनदेखि सवारी जाममा रहेका साधन सडकबाहिर निस्कन नपाउँदै पुनः पहिरो खसेपछि यात्रुहरु अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस