ओल्के मिलन कार्यक्रम सम्पन्न « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ओल्के मिलन कार्यक्रम सम्पन्न


३० श्रावण २०७४, सोमबार


अत्तरिया । सुदूरपश्चिमेलीहरुको महान पर्व ओल्केको अवसरमा शुभकामना आदानप्रदान तथा बिबिध साँस्कृतीक कार्यक्रम सम्पन्न भएको छ ।

डोटेली समाजको आयोजनामा अत्तरियामा ओल्के मिलन कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा गायक दिपेन्द्र दहाल, सौगात ओझा, सुरेन्द्र संगम, चेतराज फुलारा, गायीका हेमन्ता शर्मा भट्टराई, पार्वती भट्ट, सीता मल्ल, खगेश्वरी कलौनी, रोजि सिंह लगायत कलाकार र साहित्यकारहरुले आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाली लेखक संघ कैलालीका अध्यक्ष गणेश नेपाली, नेपाल साँस्कृतिक संघ कैलालीका उपाध्यक्ष गोवीन्द साउँद, सुदूरपश्चिम संरक्षण मञ्चका अध्यक्ष रामवहादुर कलेल, बरिष्ठ साहीत्यकार निर्मल कुमार भण्डारी गौरी गंगा नगरपालिकाका वडा नं. ६ का वडा अध्यक्ष कमला शर्मा, तोयनाथ भट्ट, अनिता रावल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमका सहभागीहरुले ओल्के लगायतका सुदूरपश्चिममा मात्रै मनाईने पर्वहरु लोप भईरहेको भन्दै संरक्षणका लागी सबैले एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा गोदावरी नगरपालीका मेयर हरीसिंह साउँद, तथा विभिन्न वडाका वडा अध्यक्षहरु र सदस्यहरुलाई बधाई ज्ञापन पनि गरीएको छ । डोटेली समाज कैलालीका कार्यावाहक अध्यक्ष सुरत रावत ‘डोटेली कान्छा’को अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी गोदावरी नगरपालीकाका मेयर हरीसिंह साउँद रहेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस