नुवाकोट । जिल्ला समन्वय समिति नुवाकोटको आज भएको निर्वाचनमा नेपाली काँग्रेसको समूह नै विजयी भएको छ ।
जिसस प्रमुखमा सन्तमान तामाङ विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमाले – नेकपा माओवादी केन्द्र गठबन्धनका रामहरि घिमिरेले १० मत ल्याएका छन्उनु भएको थियो ।
उपप्रमुखमा अप्सरा थापा १४ मत ल्याई निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी विष्णुबहादुर बोगटीले १० मत ल्याएका छन् । समितिका सदस्यमा गणेश शाही, अभिनव फुयाँल, माया शेर्पिनी, सम्झना सेढाईँ, धनमाया तामाङ, रामसिंह तामाङ र सुविना प्रधान विजयी भएका छन् । विजयीलाई मुख्य निर्वाचन अधिकृत लोकजंग शाहले आजै प्रमाणपत्र प्रदान गरे । रासस







