आज पनि भारी बर्षा हुने, सर्तक रहन गृह मन्त्रालयको अपिल « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

आज पनि भारी बर्षा हुने, सर्तक रहन गृह मन्त्रालयको अपिल


२९ श्रावण २०७४, आइतबार


काठमाडौं । आज पनि भारी वर्षा हुने मौसमविदले बताएका छन् । मनसुन बढी सक्रिय भएसँगै अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले नेपालमा शुक्रबारदेखि बदली र वर्षात् भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देश भरी भारी वर्षा हुने अनुमान छ । महाशाखाका मौसमविद् सुवास रिमालले न्यून चापीय रेखा औसतभन्दा बढी उत्तरतिर सरेकाले शुक्रबारदेखि नै देशैभर ‘अस्वाभाविक’ वर्षा भएको बताए ।

उनका अनुसार आइतबार देशैभर वर्षात् हुने तथा विशेषगरी मध्य र मध्यपश्चिम क्षेत्रमा भारी वर्षात् हुने छ । तुलनात्मकरुपमा पूर्वी क्षेत्रमा कम वर्षात् हुनेछ । सोमबारदेखि मौसममा क्रमिक सुधार आउने महाशाखाले जनाइएको छ ।

कनकाइ, सप्तकोशी, माडी, नारायणी, बबई, पश्चिम राप्ती लगायतका नदीहरुमा पानीको सतह बढेर खतराको संकेत पार गरिसकेको छ । हालसम्म बाढी पहिरोमा परी देशै भरी ३० जनाले ज्यान गुमाइसकेका गृहमन्त्रालयले जनाएको छ ।

अविरल वर्षाका कारण बाढीपहिरो प्रभावित क्षेत्रमा राहत पुर्याउन तथा उद्धार कार्य गर्न अप्ठ्यारो परिरहेको बताइएको छ । प्रभावित क्षेत्रबाट विवरणहरु संकलन गर्ने क्रम जारी रहेको बताउदै गृह मन्त्रालयले हताहतीको संख्या बढ्न सक्ने जनाएको छ। आज पनि पानी पर्ने भएकाले सवैलाई सतर्क रहन गृह मन्त्रालयले अपिल गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस