बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ५१ , हजारौं प्रभावित « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ५१ , हजारौं प्रभावित


२८ श्रावण २०७४, शनिबार


काठमाडौं । गृह मन्त्रालयले बाढी पहिरोका कारण तराई र मध्यपहाडी क्षेत्रमा कम्तीमा ५१ जनाको ज्यान गएको बताएको छ। लगातारको वर्षापछि तराई र पहाडी जिल्लामा बाढी र पहिरोमा परी ५१ जनाले ज्यान गुमाइ सकेका छन् भने हजारौ प्रभावित भएका छन् ।

गृह मन्त्रालयका अनुसार बाढी तथा पहिरोमा परेर सुनसरीमा ७, झापामा ४, मोरङमा ३, बारामा १, सर्लाहीमा १, बाँकेमा ४, पाँचथरमा ३, दाङमा १, सिन्धुलीमा ४, पाल्पामा १ र बर्दियामा १ गरी ३० जनाको मृत्यु भएको छ । पछिल्लो अपडेट अनुशार मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

प्रभावित क्षेत्रबाट विवरणहरु संकलन गर्ने क्रम जारी रहेको बताउदै गृह मन्त्रालयले हताहतीको संख्या बढ्न सक्ने जनाएको छ।

अविरल वर्षाका कारण बाढीपहिरो प्रभावित क्षेत्रमा राहत पुर्याउन तथा उद्धार कार्य गर्न अप्ठ्यारो परिरहेको बताइएको छ ।

त्यस्तै गृह मन्त्रालयमा पत्रकारसँग कुरा गर्दै मन्त्री शर्माले बाढी प्रभावित क्षेत्रमा लैजानका लागि विमानस्थलमा खाद्य तथा उद्धार सामग्री तयारी अवस्थामा राखिएको जानकारी दिए । आफू बाढी प्रभावित जिल्लामा जान चाहेपनि मौसमका कारण जान नपाएको उनले बताए । उनले मौसमले साथ दिनेबित्तिकै त्यसतर्फ प्रस्थान गर्ने जानकारी गराए ।

Tags :
प्रतिक्रिया दिनुहोस