दोहोरी गीत प्रतिष्ठानको साधारणसभा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दोहोरी गीत प्रतिष्ठानको साधारणसभा


२८ श्रावण २०७४, शनिबार


धनगढी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कञ्चनपुर शाखाको प्रथम साधारण सभा शनिबार महेन्द्रनगरमा सम्पन्न भएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका ७ नम्बर प्रदेश संयोजक सुरत रावत ‘डोटेली कान्छा’ले साधारणसभाको उद्घाटन गरे । उनले कला, संस्कृतिको जगेर्नामा सधै तत्पर भएको प्रतिबद्धता गरे ।

साधारणसभामा प्रतिष्ठान शाखाका सल्लाहकार नवीन धामी, उपाध्यक्ष लालबहादुर धामी, कलाकार गोविन्द साउद, सीता पुजारालगायतले मन्तव्य दिएका थिए । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सहकोषाध्यक्ष केपी कलौनीले गरेका थिए । प्रतिष्ठानकी अध्यक्ष संगीता शाहले सांगठनिक प्रतिवेदन प्रस्तुत गरिन् ।

प्रतिक्रिया दिनुहोस