नैतिकता विहीन शिक्षाका कारण विश्व नै व्यक्तिवादी वन्न थालेको : अध्यक्ष महर « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नैतिकता विहीन शिक्षाका कारण विश्व नै व्यक्तिवादी वन्न थालेको : अध्यक्ष महर


२८ श्रावण २०७४, शनिबार


वासिङटन डिसी । संयुक्त राष्ट्रसङ्घको २० औँ युवा सम्मेलनमा नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिं महरको नेतृत्वमा नेपालको एक प्रतिनिधीमण्डलले सहभागिता जनाएको छ ।

राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा आयोजित उक्त सम्मेलनमा संघका अध्यक्ष महरले नैतिकता विहीन पाठ्यक्रमको आधारमा चलेको शिक्षाका कारण विश्व नै व्यक्तिवादी वन्न थालेको बताएका छन् । उनले भ्यालूवेस शिक्षाको अभावले विश्व भरि मानवता वादी अवधाररणा कमजोर बन्दै गएको र व्यक्ति वादी चरित्र हावी हुँदै गएको वताए । साथै उक्त कार्यक्रममा सहस्राब्दी विकास लक्ष्यका बहुपक्षीय विषयमा छलफल भएको महरले जानकारी दिए ।

विश्वका एकसय चार देशका युवाको सहभागिता रहेको सम्मेलनमा गरिबी निवारण, शिक्षामा युवाको पहुँच, संस्थागत सुशासन लगायतका विषयमा छलफल हुने र त्यसमा नेपालका तर्फवाट अध्यक्ष महरले आफ्नो विचार राखेका छन् ।

सम्मेलन बुधबार शुरु भएर चार दिनसम्म चल्नेछ । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिं महरको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा महामन्त्री सरोज थापा र नेवि सङ्घका वैदेशिक विभागका सल्लाहकार डिवी सुनारले उक्त सम्मेलनमा भाग लिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस