कठमाडौँ तराइ द्रुतमार्ग औंपचारीक रुपमा सेनाको मातहतमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कठमाडौँ तराइ द्रुतमार्ग औंपचारीक रुपमा सेनाको मातहतमा


२७ श्रावण २०७४, शुक्रबार


काठमाडौं । राष्ट्रिय गौरवको उच्च प्राथमिकता प्राप्त काठमाण्डौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजना औपचारिक रुपमा नेपाली सेनाको मातहतमा आएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति बैशाख २१ गतेको निर्णयले नेपाली सेनालाई द्रुतमार्ग निर्माण गर्न दिने निर्णय गरेको थियो ।

शुक्रबार जंगी अड्डामा आयोजित एक कार्यक्रममा नेपाली सेनाका तर्फबाट इन्जिनियरिङ विभाग तथा आयोजना प्रमुख योगेन्द्र बहादुर खाँण र सडक विभाग मातहत तत्कालिन आयोजना प्रमुख सत्येन्द्र शाक्यले आयोजनाको औपचारिक हस्ताक्षर गरे ।

आयोजना हस्तान्तरण कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह सचिव सरोज प्रधान तथा नेपाली सेनाका तर्फबाट आयोजनामा खट्टिएका अन्य रथीबृन्द एवं अधिकृतहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस