संविधान संसोधन प्रस्तावमा सहमति, राजपा चुनावमा सहभागी हुने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

संविधान संसोधन प्रस्तावमा सहमति, राजपा चुनावमा सहभागी हुने


२७ श्रावण २०७४, शुक्रबार


काठमाडौं । सरकार र राष्ट्रिय जनता पार्टी बीच संविधान संशोधन प्रस्ताव निर्णयार्थ पेश गर्ने सहमति भएको छ ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि संविधान संशोधन प्रस्ताव पास वा फेल जे भएपनि राजपा चुनावमा सहभागी हुन तयार भएको छ ।

मन्त्रिपरिषद्ट अगाडि बढाउनुपर्ने विषय छिटो टुंग्याउने र संविधान संशोधनलाई अगाडि बढाउने दुई पक्षबीच सहमति भएको राजपा अध्यक्ष मण्डलका सदस्य शरदसिंह भण्डारीले बताए । “संविधान संशोधन प्रस्ताव पारित हुने अवस्था देखेका छौं । राप्रपाले पनि यसलाई सहयोग गर्ने जनाइसकेको छ,” उनले भने, “पास नभएपनि खेलमा सहभागी भइसकेपछि हार–जित स्विकार गर्न हामी तयार छौं ।

यसअघि राजपाले संविधान संशोधन, स्थानीय तहको संख्या वृद्धि नभएसम्म चुनावमा नजाने अडान लिँदै आएको थियो ।

बिहीबार मात्रै सर्वोच्च अदालतले सरकारले स्थानीय तहको संख्या थपको निर्णय कार्यान्वयन नगर्न यसअघि दिएको अन्तरिम आदेश खारेज गरेको छ । जसलाई राजपाले स्वागत समेत गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस