राष्ट्रसङ्घको युवा सम्मेलनमा नेविसङ्घ « प्रशासन
prasaLogo
२७ श्रावण २०७४, शुक्रबार

राष्ट्रसङ्घको युवा सम्मेलनमा नेविसङ्घ


प्रकाशित मिति : 11 August, 2017 11:11 am

वासिङटन डिसी । संयुक्त राष्ट्रसङ्घको २० औँ युवा सम्मेलनमा नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिं महरको नेतृत्वमा नेपालको एक प्रतिनिधीमण्डलले सहभागिता जनाएको छ ।

राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा आयोजित उक्त सम्मेलनमा सहस्राब्दी विकास लक्ष्यका बहुपक्षीय विषयमा छलफल भएको महरले जानकारी दिए । “हामीहरुले नेपालका तर्फवाट सहस्राब्दी विकास लक्ष्यमा युवाको सहभागिताको विषयमा समूहगत छलफलमा भाग लिएका छौँ”, महरले भने ।

विश्वका एकसय चार देशका युवाको सहभागिता रहेको सम्मेलनमा गरिबी निवारण, शिक्षामा युवाको पहुँच, संस्थागत सुशासन लगायतका विषयमा छलफल हुने र त्यसमा नेपालका तर्फवाट पनि आफ्नो धारणा राखिने कार्यक्रम रहेको नेवि सङ्घका महामन्त्री सरोज थापाले राससलाई जानकारी दिएका छन् । सम्मेलन बुधबार शुरु भएर चार दिनसम्म चल्नेछ ।

नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिं महरको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा महामन्त्री सरोज थापा र नेवि सङ्घका वैदेशिक विभागका सल्लाहकार डिवी सुनारले उक्त सम्मेलनमा भाग लिएका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस