Logo २६ माघ २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

ठोकर्पालाई अन्तर्राष्ट्रिय वन अध्ययन केन्द्र बनाउनुपर्छ : सञ्चारमन्त्री बस्नेत


२६ श्रावण २०७४, बिहिबार


सिन्धुपाल्चोक । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको ठोकर्पा सामुदायिक वनलाई अन्तर्राष्ट्रिय वन अध्ययन केन्द्र बनाउनुपर्ने बताएका छन् ।

सामुदायिक वन राष्ट्रिय दिवसका अवसरमा आज सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका वडा नं. १ ठोकर्पामा आयोजित कार्यक्रममा उनले भने– “ठोकर्पा सामुदायिक वनले नेपालको शीर संसारमा उच्च राखेको हुँदा यसलाई अध्ययन केन्द्रका रुपमा विकास गर्न सक्नुपर्दछ ।”

मन्त्री बस्नेतले ठोकर्पा सामुदायिक वनले अन्तर्राष्ट्रिय पहिचान बनाएको भन्दै यसलाई राज्यले विशेष चासोका साथ हेर्नुपर्नेमा जोड दिए ।

सोही क्षेत्रका सांसदसमेत रहेका मन्त्री बस्नेतले ग्रामीण क्षेत्रमा रहेका विद्यालयमा इमेल, इन्टरनेट पुर्याउने काममा आफूले सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे ।

मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण भई कार्यान्वयनतर्फ अगाडि बढेकाले अब मुलुकमा आर्थिक विकास आवश्यक रहेको बताउँदै उनले “तीन तहको निर्वाचन गरेर आर्थिक विकास गर्न सबै दल एक हुनुपर्छ,” भने ।

सुनकोशी गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जिसीले सामुदायिक वन क्षेत्रमा इतिहास बोकेको ठोकर्पालाई वन नर्सरीका रुपमा विकास गर्नुपर्ने आवश्यकता औल्याए ।

सामुदायिक वन उपभोक्ता समिति ठोकर्पाका अध्यक्ष अर्जुन पौडेलले नमूना वन भएकाले आम्दानीका क्षेत्रमा पनि यसलाई नमूना बनाउने प्रतिवद्धता व्यक्त गरे ।

वि.सं. २०३० मा साविक ठोकर्पा गाविस हाल सुनकोशी गाउँपालिका– १ र २ मा पर्ने सो स्थानमा तत्कालीन प्रधानपञ्च नीलप्रसाद भण्डारीले सामुदायिक वनको सुरुआत गरेका थिए ।

एक दिनको पैदलयात्रा गरी सदरमुकाम चौताराभन्दामाथि रहेको पाल्तेपानी वन नर्सरीबाट गाउँलेले डोकोमा बिरुवा बोकेर वृक्षरोपण गरी पहिलो पटक सामुदायिक वनको सुरुआत गरेका थिए । सुनकोशी गाउँपालिकामा हाल १४ सामुदायिक वन रहेका छन् ।

नेपालमा हालसम्म सामुदायिक वन संख्या १९ हजार ३६१ रहेको र त्यसले १८ लाख १३ हजार ४७८ हेक्टर क्षेत्रफल ओगटेको वन विभागले जनाएको छ । मुलुकभरका सामुदायिक वनमा हालसम्म २४ लाख ६१ हजार ५४९ घरधुरी आबद्ध भएका छन् ।

मन्त्री बस्नेतसहितलाई सम्मान

सिन्धुपाल्चोकको विकासका क्षेत्रमा महत्वपूर्ण भूमिका खेले वापत सो गाउँपालिकाले सूचना तथा सञ्चारमन्त्री बस्नेतसहित केहि व्यक्तित्वलाई आज सम्मान गरिएको छ ।

यसरी सम्मानित हुनेमा सो क्षेत्रका सांसद एंव सूचना तथा सञ्चारमन्त्री बस्नेत, सामुदायिक वनका अभियानकर्मी नीलप्रसाद भण्डारी, भू तथा जलाधार विभागका महानिर्देशक विजयराज पौडेल, वनस्पति विभागका महानिर्देशक अखिलेश्वरलाल कर्ण, सञ्चारकर्मी दामोदर न्यौपाने, ऋषिराज न्यौपाने लगायत रहेका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस