छ लाख ३२ हजार बिरुवा रोपियो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

छ लाख ३२ हजार बिरुवा रोपियो


२६ श्रावण २०७४, बिहिबार


दाङ । सामुदायिक वन दिवसमा यहाँका विभिन्न स्थानमा वृक्षरोपण गरिएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ दाङको आह्वानमा बुधबार जिल्लाभरि रहेका ५०० सामुदायिक वन समूहले वृक्षरोपण गरेका छन् । सामुदायिक वन दिवसको अवसरमा जिल्लाका ५२४ सामुदायिक वन समूहमा १८ प्रजातिका छ लाख ३२ हजार बिरुवा रोपिएको वन महासंघका अध्यक्ष शोभाकर सापकोटाले जानकारी दिएका छन् ।

‘संघीयतामा सामुदायिक वन, स्थानीय समुदायको पहिचान’ भन्ने मूल नाराका साथ सामुदायिक वन दिवस मनाइएको हो । दाङको लमही, तुलसीपुर र घोराहीमा रहेका विभिन्न सामुदायिक वनमा वृक्षरोपण गरिएको महासंघले जनाएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस