डोटी जिससमा एमाले निर्विरोध « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

डोटी जिससमा एमाले निर्विरोध


२६ श्रावण २०७४, बिहिबार


डोटी । जिल्ला समन्वय समिति डोटीमा नेकपा एमालेको समूह निर्विरोध निर्वाचित भएको छ ।

बुधबार सम्पन्न मनोनयन दर्ता कार्यक्रमअन्तर्गत एमाले समूहबाट मात्रै उम्मेदवारी परेपछि सबै पद निर्विरोध भएको हो ।

निर्वाचन कार्यालयका अनुसार अध्यक्षमा रामबहादुर ऐर, उपाध्यक्षमा शशी सोव तथा खुल्ला सदस्यमा डम्बर ओली, घनश्याम जोशी र गोविन्दबहादुर खड्का निर्वाचित भएका छन् ।

महिला सदस्यमा लक्ष्मी मल्ल, मीना बोहरा र तुल्सा बुढा निर्विरोध निर्वाचित भएका छन् । अल्पसंख्यकमा संग्राम नेपाली निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित भएपनि आधिकारिकरुपमा घोषणा भने २९ गते नै हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नौवटा स्थानीय तह रहेको डोटीमा एमालेले चारवटा गाउँपालिकामा अध्यक्ष÷उपाध्यक्ष, एक नगरपालिकामा प्रमुख÷उपप्रमुख र एउटा गाउँपालिकामा उपाध्यक्ष जितेको थियो । फलस्वरुप जिल्ला समन्वय समितिमा १८ मतमध्ये ११ मत एमालेको पक्षमा रह्यो ।

नेपाली काँग्रेसको पक्षमा छ वटा र नेकपा माओवादी केन्द्रसँग एक गाउँपालिकाको अध्यक्षको मत थियो । एमालेको स्पष्ट जित देखिएका कारण काँग्रेस र माओवादी केन्द्रले मनोनयन नै दर्ता नै गरेनन् । रासस

प्रतिक्रिया दिनुहोस