स्वच्छ प्रतिस्पर्धा नै लोकतन्त्रको अभ्यासः अध्यक्ष ओली « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

स्वच्छ प्रतिस्पर्धा नै लोकतन्त्रको अभ्यासः अध्यक्ष ओली


२६ श्रावण २०७४, बिहिबार


Nepal Telecom

भक्तपुर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन सम्पन्न भएर संविधान कार्यान्वयन प्रक्रिया अगाडि बढिसकेको बताएका छन् ।

बुधबार भक्तपुरको जिल्ला समन्वय समितिका निर्वाचित पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा अध्यक्ष ओलीले अब प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि संविधानको पूर्ण कार्यान्वयन हुने बताए ।

उनले स्वच्छ प्रतिस्पर्धा नै लोकतन्त्रको अभ्यास भएकाले निर्वाचनको प्रक्रियामा सबै सहभागी हुनुपर्ने धारणा राखे । उनले स्थानीय तह तथा जिल्ला समन्वय समितिमा निर्वाचित जनप्रतिनिधिलाई जनताका पक्षमा जनताको मन जित्ने ढंगबाट काम गरेर देखाउन आग्रह गरे ।

अध्यक्ष ओलीले नयाँ संविधानले अधिकार सम्पन्न स्थानीय तहको व्यवस्था गरेका कारण सबै विषय नयाँ भएकाले निर्वाचित प्रतिनिधिले नयाँ व्यवस्थाको अभ्याससँग काम गरेर देखाउने परीक्षाको समय आएको बताए ।

कार्यक्रममा भक्तपुरका पूर्वमन्त्री, पूर्वराज्यमन्त्री, पूर्वसहायकमन्त्री, पूर्वस्थानीय विकास अधिकारी र अन्य विशिष्ट कर्मचारीलाई सम्मान गरिएको थियो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस