दुई लाख घुससहित कर्मचारी पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दुई लाख घुससहित कर्मचारी पक्राउ


२५ श्रावण २०७४, बुधबार


झापा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख घुस रकमसहित जिल्ला जनस्वास्थ्य कार्यालय झापाका एक कर्मचारीलाई मंगलबार पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा जिल्ला जनस्वास्थ्य कार्यालय झापाका ल्याब टेक्निसियन रामकुमार साह रहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँ र अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरी सुनसरीका प्रहरी नायब उपरीक्षक रमेश बस्नेतको संयुक्त टोलीले स्वास्थ्य संस्था नवीकरणका लागि घुस लिँदै गर्दा उनलाई पक्राउ गरेको हो ।

‘स्वास्थ्य संस्था नवीकरण’ गरिदिन्छु भन्दै सेवाग्राहीसँग घुस लिँदै गर्दा उनलाई रङ्गेहात पक्राउ गरिएको प्रनाउ बस्नेतले बताए । साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको पनि उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस