२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिउँदमा विद्युत्भार कटौतीको कुनै गुन्जायस छैन– ऊर्जामन्त्री शाही

अ+ अ-

काठमाडौँ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले आगामी हिउँदमा पनि विद्युत्भार कटौतीको कुनै गुन्जायस नरहेको बताएका छन् ।

उनले भने, “नेपालमा अब विद्युत्भार कटौती इतिहास भइसकेको छ । यसलाई कोही कसैले पनि फर्काउन सक्दैन । तर केही मान्छेहरु पुनः अध्याँरो युग फर्कियोस् भन्ने चाहना राख्छन् । सरकार उनीहरुको चाहना पूरा हुन दिने पक्षमा छैन ।”

यहाँ आज आयोजित पत्रकार भेटघाटमा ऊर्जामन्त्री शाहीले विद्युत् आयोजना बन्न नदिने, निरन्तर अवरोध गर्ने, प्रसारण लाइन निर्माणमा समस्या खडा गर्ने प्रवृत्ति कायम रहे समस्या भने आउन सक्ने उल्लेख गरे ।

मन्त्री शाहीले आगामी हिउँदमा घरेलु उपभोक्तालाई मात्रै नभई औद्योगिक क्षेत्रमा समेत विद्युत्भार कटौती अन्त्यका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताए ।

उनले ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथ अभियान अगाडि बढाएको उल्लेख गरे ।

नेपालको ऊर्जा क्षेत्रको विकासका लागि सरकारले आन्तरिक स्रोतबाट पनि लगानी गरिरहेको जानकारी दिँदै उनले ठूला र बहुउद्देश्यीय आयोजना निर्माणका लागि आन्तरिक स्रोतबाट उपलब्ध हुने पूँजी मात्रै पुग्दो नभएकाले वैदेशिक लगानी आवश्यक रहेकामा जोड दिए ।

फरक एक प्रसंगमा ऊर्जा मन्त्री शाहीले अघिल्लो सरकारको कार्यकालमा एक चिनियाँ कम्पनीसँग बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका सन्दर्भमा भएको सम्झौताका बारेमा आफूले अध्ययन गरिरहेको बताए । “सम्झौता के भएको हो भन्नेबारेमा अध्ययन भइरहेको छ । सही सम्झौता भएको भए सरकारले त्यसलाई कार्यान्वयन गरेर जान्छ । गलत भएको भए त्यो खारेज हुन्छ ।”

उहाँले देश र जनताको हितबाहेक आफूसँग कुनै स्वार्थ नभएको र ऊर्जा क्षेत्रलाई अगाडि बढ्न नदिने माफिया प्रवृत्तिलाई अन्तय गर्न आफू दृढ रहेको बताए । उनले दीर्घकालीन लक्ष्यका साथ १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने कार्ययोजना अगाडि बढाइने स्पष्ट पारे । रासस

0 Comments