बोष्टनमा श्रीमद्भागवत महापुराण शुरु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बोष्टनमा श्रीमद्भागवत महापुराण शुरु


२४ श्रावण २०७४, मंगलबार


वासिंटन डिसी । नेपाली सामुदायिक भवन निर्माणका लागि आइतबारदेखि अमेरिकाको बोष्टनमा श्रीमद्भागवत महापुराण सप्ताह यज्ञ शुरु गरिएको छ ।

नेपालका पं. दीनबन्धु पोखरेलले श्रीमद्भागवतको वाचनसहित सप्ताह यज्ञ प्रारम्भ गरेका हुन् । सो सिलसिलामा आइतबार एक हजार आठ कलशयात्रा समेत गरिएको थियो ।

पशुपतिनाथ बुद्ध फाउण्डेशनको सहयोगार्थ आयोजित सप्ताहबाट उठेको रकमले बोष्टनमा एक सामुदायिक भवन बनाइने आयोजकले जनाएको छ । सप्ताहा व्रतबन्ध, गुन्यू चोलो, लाख बत्ती, चौरासी पूजा, तुला दान, दश दानलगायत विभिन्न कर्मकाण्डसमेत गरिने बताइएको छ । कार्यक्रममा लामा पाठ, बौद्ध शिक्षाको ज्ञानलगायत कार्यक्रमसमेत गरिने भएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस